तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जमा पहिलो पटक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

बीरगंज । वीरगन्जमा पहिलो पटक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ ।

पर्सा जिल्ला तेक्वान्दो सङ्घद्वारा आयोजित प्रतियोगिताको मधेस प्रदेशका ऊर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले उद्घाटन गर्नुहुँदै खेलकुदले अनुशासित र इमानदार जनशक्ति तयार पार्ने हुँदा युवा वर्गलाई लक्षित गर्दै खेल क्षेत्रको विकास र विस्तार गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

प्रतियोगितामा नेपालका सात वटै प्रदेशबाट ७ समूह, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब तथा भारत र बङ्गलादेशका गरी १७ टिमका खेलाडीहरूको सहभागिता रहेको छ ।

पर्सा जिल्ला तेक्वान्दो संघका अध्यक्ष गणेशमान श्रेष्ठले प्रतियोगितामा ४१ केजीदेखि ७४ केजी तौल समूहमा खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बताउनुभयो । प्रतियोगितामा खेलाडी, रेफ्री र प्रशिक्षक गरी करिब ३ सय जनाको सहभागिता रहेको श्रेष्ठले बताउनुभयो ।

अगामी १४ औँ साग खेलकुद प्रतियोगिता र इन्डोनेसियामा हुने १९ औँ एसियन खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै वीरगन्जमै अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button