तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ : अध्यक्ष नेपाल

बारा  । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धनलाई अझै प्रगाढ बनाउनका लागि स्थानीय तहमा गठबन्धन हुने बताउनुभएको छ । 

कलैयामा समाजवादी प्रेस सङ्गठन बाराले आज आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले गठबन्धनको सरकारले नागरिकलाई अमन चयन दिलाउने दिशामा अग्रसर भई शान्ति र सुव्यवस्था कायम गर्दै अगाडी बढिरहेको प्रष्ट पार्नुभयो । 

उहाँले वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि काम तीव्र रुपमा अगाडी बढिरहेको बताउनुहुँदै निर्धारित समयमा निर्वाचन हुनेमा आफु आसावादी रहेको बताउनुभयो ।  

उहाँले गठबन्धनलाई कमजोर पार्ने, भत्काउनका लागि केही शक्तिहरू लागि परिरहेको भन्नुहुँदै त्यसतर्फ गठबन्धन दलका नेताहरू पूर्ण रुपमा सजग र सचेत रहेको प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button