अर्घाखाँचीमा बस दुर्घटना : ३० जना घाइते
अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–२ बेलबाटिका नजिकै तीर्थयात्री सवार बस दुर्घटना भएको छ ।
दुर्घटनामा ३० जना घाइते भएको प्रहरीले जनाएको छ ।
स्वर्गद्वारी दर्शन गरेर सुपा देउराली जाँदै गरेको ग२ख ६८० नम्बरको बस बेलबाटिका नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख अम्बर थापाले बताउनुभयो ।
बसमा पोखराका तीर्थयात्रीहरू सवार रहेका थिए । घाइतेहरूको सन्धिखर्कका विभिन्न अस्पतालमा उपचारका भइरहेको प्रहरी प्रमुख थापाले बताउनुभयो ।
भिरालो बाटोमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
दुर्घटना स्थलमा प्रमुख जिल्ला अधिकारी सशिधर घिमिरे र प्रहरी प्रमुख थापासहितको टोलीले उद्धार गरेको हो ।







प्रतिक्रिया राख्नुहोस्