तपाईँ सुन्दै हुनुहुन्छः

एमालेसँग चुनावी तालमेल गर्छौँ : अध्यक्ष थापा

नेपालगन्ज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी अन्य पार्टीसँग तालमेल गरेर चुनावमा जाने बताउनुभएको छ । 

नेपालगन्जमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले मुख्य रुपमा नेकपा एमालेसँग सहकार्य गरेर चुनावमा जाने बताउनुभयो । 

तालमेलको मोडालिटीका बारेमा कुराकानी हुन बाँकी रहेको बताउँदै उहाँले आफ्नो पार्टी सङ्गठन निर्माणकै चरणमा रहेकाले धेरै ठूलो महत्त्वाकाङ्क्षा नरहेको स्पष्ट पार्नुभयो । 

अध्यक्ष थापाले राप्रपामा सैद्धान्तिक विचलन आएकाले राप्रपा नेपाललाई पुनः जागृत गरेको जिकिर गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button