एमालेद्वारा निर्वाचन आयोगलाई आचारसंहिताको विषयमा ६ बुँदे ध्यानाकर्षण

काठमाडौँ । नेकपा एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तयार गरिएको आचारसंहिताको विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
एमाले महासचिव शङ्कर पोखरेलसहितका नेताहरूले आज आयोगका प्रमुख आयुक्त दिनेश थपलियासमक्ष ६ बुँदे ज्ञापन पत्र बुझाउँदै आचारसंहिताका कतिपय बुँदाहरू सच्याउन आग्रह गर्नुभएको हो ।

एमालेले बुझाएको ज्ञापन पत्रमा आफूहरू नेपालको संविधान तथा सांसदद्वारा पारित गरिएका कानुनप्रति सदैव प्रतिबद्ध रहेको जनाएको छ ।
निर्वाचन आयोगले तयार गरेको आचार संहितासहित संविधान र कानुनसँग बाझिएको बाहेक कुनै पनि निकायद्वारा जारी गरिएका संहिताहरूको पालना गर्न गराउन एमाले प्रतिबद्ध रहेको महासचिव शङ्कर पोखरेलले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्