सल्यानमा जिप दुर्घटना : एकको मृत्यु

सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मङ्गलवार बिहान जिल्लाको शारदा नगरपालिका – १ दारिमचौरमा दारिमचौरबाट श्रीनगरबाट आउँदै गरेको भे १ ज ३३६ न जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परी शारदा नगरपालिका – १ दारिमचौर निवासी १८ वर्षीय नारायण ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइते ओलीको श्रीनगर स्थित कर्णाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो । गाडी सडकबाट करिब १५ मिटर तल खसेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाडी चालक पनि सामान्य घाइते भएको र उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्