‘विभेद विरुद्ध सडक र सदन दुवै ठाउँबाट लड्नु आवश्यक’
सप्तरी । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेसी लगायतलाई भइरहेको विभेद विरुद्ध सडक र संसद् दुवै ठाउँबाट लडाइँ गर्नु आवश्यक रहेको बताउनुभएको छ ।

सप्तरीमा सडक योजनाको शिलान्यासका क्रममा अध्यक्ष यादवले देशका सम्पूर्ण जनतालाई समान अधिकार र व्यवहारको वातावरण नबनेसम्म सङ्घर्ष जारी रहने बताउनुभयो। विभेद राष्ट्र निर्माण लागि बाधक रहेकोले यसलाई जरैबाट समाप्त पार्नु आवश्यक रहेको उहाँको भनाइ थियो ।
उहाँले सप्तरीमा एकै दिन चार वटा सडक निर्माण योजनाको शिलान्यास गर्नुभएको छ।

शिलान्यास कार्यक्रममा सङ्घीय सरकारका भौतिक योजना तथा पूर्वाधार तथा यातायात योजना मन्त्री रेणु कुमारी यादव, सङ्घीय सांसद डा. सूर्य नारायण यादव, मधेस प्रदेश सरकारका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेश सांसद मनिश कुमार सुमन, राजविराज नगरपालिका मेयर शम्भु यादव, मधेस प्रदेश आम मिडिया प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव, सदस्य अमरेन्द्र यादव, प्रेस मञ्चका अध्यक्ष वृजमान तामाङ लगायत कार्यक्रममा स्थानीयको उपस्थिति थियो ।







प्रतिक्रिया राख्नुहोस्