तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनको नेतृत्व माओवादी केन्द्रले लिन्छ: अध्यक्ष प्रचण्ड

बर्दिबास । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न स्थानीय तहको निर्वाचनदेखि केन्द्रसम्म निर्वाचनको नेतृत्व माओवादी केन्द्रले लिने बताउनुभएको छ ।

माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्ने माहौल बन्दै गरेको उहाँले बताउनुभयो । महोत्तरीको बर्दिबास नगरपालिका ११ स्थित खयरमारामा आयोजित कार्यक्रममा उहाँले ‘जसको नीतिले देशमा परिवर्तन आएको छ, उसैले नै नेतृत्व गर्न पाएको छैन, अब त्यो माहौल बन्दै गरेको छ ।’ भन्नुभयो ।

अध्यक्ष प्रचण्डले बर्दिबास नगरपालिका ११ स्थित खयरमाराको चनौटेमा सहिद स्मृति पार्क शिलान्यास तथा निर्मल लामा बहु प्राविधिक शिक्षालयको नव निर्मित भवनको उद्घाटन गर्नुभएको छ ।

सहिद स्मृति पार्कको लागि स्थानीय समुदायले चार बिगाहा जमिन उपलब्ध गराएको बर्दिबास नगरपालिकाको नगरप्रमुख विदुर कुमार कार्कीले जानकारी दिनुभयो ।

गौशाला नगरपालिकामा स्थापना भएको मालपोत तथा नापी कार्यालयको पनि एक कार्यक्रमका बिच अध्यक्ष प्रचण्डले उद्घाटन गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button