प्रधानमन्त्री देउवाको सम्मानमा दिवा भोज
नयाँदिल्ली । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले आज यहाँस्थित हैदरावाद हाउसमा दिवा भोजको आयोजना गर्नुभयो ।
दिवा भोजमा प्रधानमन्त्री पत्नी डा.आरजु राणा देउवा, परराष्ट्र मन्त्री डा नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादव, मुख्यसचिव शङ्करदास वैरागी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानबहादुर देउवा, परराष्ट्र सचिव भरतराज पड्यालगायत सहभागी हुनुभयो । रासस







प्रतिक्रिया राख्नुहोस्