तपाईँ सुन्दै हुनुहुन्छः

१३ औं सागका लागि पुरुष फुटबल टोलीको घोषणा

काठमाडौं । मंसिर तेस्रो सातादेखि काठमाडौंमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि नोपली यु–२३ राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा भएको छ ।

टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सोमबार २० सदस्यीय नेपाली युवा टोली घोषणा गरेका हुन् । टोलीमा सिनियर टोलीका भरपर्दा खेलाडी कप्तान तथा गोलरक्षक किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द परेनन् ।

दक्षिण एसियाली खेलकुद फिफा मितिमा नपरेका कारण यी खेलाडी समावेश नभएका हुन् । नवयुग श्रेष्ठ भने यसपटक अन्तिम टोलीमा परेनन् ।

टोलीमा सिनियर खेलाडीको रुपमा मिडफिल्डर सुजल श्रेष्ठ, गोलरक्षक विकेश कुथ र डिफेन्सिभ मिडफिल्डर विक्रम लामालाई टोलीमा समावेश गरिएको छ ।

सागमा तीन सिनियर खेलाडी राख्न पाउने प्रावधान छ । टोली घोषणापछि मुख्य प्रशिक्षक महर्जनले कठोर परिश्रमबाट टोली घोषणा गरिको बताउनुभयो । नेपालले अघिल्लो संस्करणको फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जितेको थियो ।

गोलरक्षक विकेश कुथु भने टोलीमा समेटिए । आक्रमणमा राष्ट्रिय टोलीबाट खेल्ने विमल, अन्जन र अभिषेक रहेकाले नवयुग प्राथमिकतामा परेनन् ।

यस्तै मिडफिल्डमा राष्ट्रिय टोलीको कप्तानी सम्हालिसकेका सुजल श्रेष्ठ छन् । उनलाई राष्ट्रिय टोलीको अनुभव बोकेका सुनिल बल, हेमन्त थापामगर, तेज तामाङ लगायतले साथ दिनेछन् ।

डिफेन्समा अनन्त तामाङ, दीनेश राजवंशी र सुमन अर्याल राष्ट्रिय टोलीकै पहिलो रोजाईमा खेल्दै आएका छन् । विक्रम लामाले यस डिफेन्समा स्थान बनाउने आँकलन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button