पसलमा आगलागी हुँदा एक करोड पच्चिस लाखको क्षति
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४ मा रहेको याल्वाङमा आगलागी हुँदा होटेल र पसल जलेर नष्ट भएको छ ।
वडा ४ को छिरिङ पाल्जोर तामाङको पसल र होटेल रहेको एक तलाको दुई कोठे घर जलेर नष्ट हुँदा करिब एक करोड पच्चिस लाख रुपैयाँ बराबरको क्षति भएको याल्वाङ प्रहरी चौकीले जनाएको छ ।
पसलमा भएका खाद्यान्न, लत्ता, कपडा, दैनिक उपभोग्य लगायत वस्तु सबै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्