तपाईँ सुन्दै हुनुहुन्छः

बाग्मतीलाई पन्छाउँदै एपीएफ फाइनलमा

बारा । विभागीय टिम नेपाल एपीएफ क्लब जगदम्बा १२ औँ जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिमरा रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा सर्लाहीको बाग्मती युवा क्लबलाई ४−१ ले पन्छाउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।

एपीएफले अब उपाधिका लागि न्यु रोड टिम (एनआरटी) क्लबसँग शनिवार खेल्नेछ । आयोजकलाई ३−२ ले पराजित गर्दै एनआरटी यसअघि नै प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ ।

एपीएफ जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको यो दोस्रो पटक हो । यसअघि दोस्रो संस्करणमा फाइनलमा प्रवेश गरेको एपीएफ हिमालय शेर्पासँग पराजित हुँदा उपविजेता बनेको थियो ।

नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button