सर्लाहीमा ३ लाख ८ हजार २९१ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइँदै
सर्लाही । सर्लाहीमा ३ लाख ८ हजार २९१ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने भएको छ ।
स्वास्थ्य कार्यालय सर्लाहीको आयोजनामा पत्रकारहरूसँगको एक दिने अभिमुखीकरण कार्यक्रममा टाइफाइड खोपको बारेमा जानकारी दिइएको हो।
टाइफाइड विरुद्धको खोप १५ महिना देखि १५ बर्ष सम्मको बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालयका प्रमुख डा.नबल किशोर झाले जानकारी दिनुभयो ।
सर्लाहीको २० वटै पालिकामा दुई जना स्वयंसेवक एक जना महिला शिक्षिका र स्वास्थ्यकर्मीको उपस्थितिमा केही दिनमै खोप अभियान सुरु गरी टाइफाइड विरुद्धको खोप दिइने डा. झाले बताउनुभयो ।
विद्यालयमै खोप अभियान सुरु हुँदा प्रत्येक विद्यालयमा एक जना फोकल शिक्षक रहने छ। सबै तयारी पूरा भएपछि स्वास्थ्य संस्था र विद्यालयमा टाइफाइड विरुद्धको खोप टिसिजि ०.५ एम एल दिइने छ ।
एक चरणमा ५ देखि ६ दिन सम ५ घण्टाको दरले टाइफाइड विरुद्धको खोप सञ्चालन हुने तथा अन्य खोप लिएको खण्डमा कम्तीमा १४ दिन बिराएर बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय प्रमुख डा.झाले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला भरिको पत्रकारहरूको उपस्थिति रहेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्