रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी खुला आधुनिक गीत प्रतियोगिताको फाइनल भोलि

काठमाडौँ । रेडियो नेपालको ७२ औ वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रव्यापी खुला आधुनिक गीत प्रतियोगिताको फाइनल भोलि मङ्गलवार हुने भएको छ ।
प्रतियोगिता सिंहदरबारस्थित रेडियो नेपालको प्राङ्गणमा भोलि बिहान १०ः०० बजेदेखि शुरु हुने रेडियो नेपालका कार्यक्रम महाशाखा प्रमुख टीका भण्डारीले जानकारी दिनुभयो ।

प्रतियोगितामा देशभरिबाट भाग लिएकामध्ये २६ जना कलाकारले गाएका गीतहरू छनौटमा परेको उहाँले जानकारी दिनुभयो ।
प्रतियोगितामा उत्कृष्ट गीत रचनातर्फ एक जना, उत्कृष्ट सङ्गीततर्फ एक जना र गीत प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कलाकारहरूलाई चैत २० गते रेडियो नेपालको वार्षिकोत्सवका दिन पुरस्कार वितरण गरिने छ ।

रेडियो नेपालले आफ्नो स्थापना दिवसको अवसर पारेर बि.स. २०२२ सालदेखि हरेक वर्ष राष्ट्रव्यापी खुला आधुनिक गीत प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्