काँग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ ।
चैत ११ गतेदेखि बैठकमा चुनावी तालमेल, टिकट बाँड्न केन्द्रीय संसदीय समितिको गठन लगायत विषयमा छलफल भइरहेको छ ।
आइतबारको बैठकमा केही सदस्यहरूले निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने धारणा राख्नुभयो भने केहीले गठबन्धनको विपक्षमा धारणा राख्नुभयो ।
चुनावी तालमेलबारे केन्द्रीय समितिबाटै सैद्धान्तिक निर्णय गर्ने तयारीमा कांग्रेस रहेको प्रवक्ता डा.प्रकाश शरण महतले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्