तपाईँ सुन्दै हुनुहुन्छः

विजय यूथलाई पराजित गर्दै एनआरटी क्वार्टरफाइनलमा

बारा । विजय यूथ क्लब हेटौडालाई पराजित गर्दै न्युरोड टिम (एनआरटी) जगदम्बा १२औँ जीतपुरसिमरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सिमरा रङ्गशालामा शनिवार भएको खेलमा एनआरटीले विजय यूथमाथि ३–१ को जित निकालेको हो । 

एनआरटीको जितमा मासुकी ईहिनी अलोमोले दुई र स्टेफेन समिरले एक गोल गरे । हेटौडाका लागि विमल राना मगरले गोल गरेका हुन् । निर्धारित समयमा दुवै टिमले १−१ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो । अतिरिक्त समयमा एनआरटीले दुई गोल थप्दै फराकिलो जित हात पारेको हो । 

खेलमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा हेटौडा प्रतियोगिताबाट बाहिरिन पुगेको छ । नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछ । प्रतियोगिता चैत्र १९ गतेसम्म सञ्चालन हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button