तपाईँ सुन्दै हुनुहुन्छः

एमाले केन्द्रीय कमिटी बैठक जारी : आज चुनावी घोषणापत्र केन्द्रित छलफल हुने 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा आज बिहीबार स्थानीय निर्वाचनको घोषणापत्र केन्द्रित छलफल हुने भएको छ ।  

बबरमहलस्थित कार्की ब्यांक्वेटमा जारी आजको बैठकमा घोषणापत्रमा पार्टीले समावेश गर्ने एजेण्डाको विषय साथै ,निर्वाचन रणनीति र  उम्मेदवार चयनको मापदण्डबारे   छलफल हुने  ऐजेण्डा छ । त्यस्तै अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि पनि केही समय छलफल हुने जनाइएको  छ । हिजोबाट सुरु भएको बैठकमा रिपोर्टिङ हिजै सकिएको छ ।

यसैबिच एमालेले ९ वैशाखमा निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ । आगामी ३० वैशाखमा  हुने स्थानीय तहको निर्वाचनको लागि २१ दिनअघि अर्थात् पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले चुनावी घोषणा पत्र र स्थानीय प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागेको हो । घोषणापत्र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरले संयोजक रहेको नीति अनुसन्धान प्रतिष्ठान र स्थानीय तह परिचालन विभागले बनाउने छ ।  प्रतिबद्धता पत्र भने स्थानीय कमिटीहरूले नै बनाउने एमालेको तयारी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button