तपाईँ सुन्दै हुनुहुन्छः

अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानका प्रधानमन्त्रीको आग्रह

इस्लामावाद। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।उहाँले विश्वका इस्लामिक देशहरूलाई यस्तो आग्रह गर्नुभएको हो । प्रधानमन्त्री खानले विश्वका इस्लामिक देशहरूलाई हाल अफगानिस्तानले सामना गरिरहेका समस्याका बारेमा अध्ययन गर्न आग्रह गर्नुभएको हो ।

उहाँले हाल अफगानिस्तानले निकै अप्ठेरो परिस्थितिको सामना गरिरहेकाले यस्तो अवस्थामा विश्वका सबै इस्लामिक देशहरूले सहयोग गर्नुपर्ने आवश्यकता रहेको धारणा राख्नुभएको हो ।‘अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन’ आइसीको विदेश मन्त्रीहरूको ४८ औँ सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको हो ।

पाकिस्तानको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार यस सम्मेलनमा विश्वव्यापी तथा क्षेत्रीय राजनीतिक एवं अन्य मुद्दाहरू, एजेण्डामा छलफल भइरहेको छ । त्यस सम्मेलनमा पाकिस्तानका प्रधानमन्त्री खानले लामो हिंसात्मक द्वन्द्वपछि हाल तालिबान सरकार रहेको अफगानिस्तानमा अहिले नै मानवीय सहायताको खाँचो परेको र यसका लागि सहयोग गर्नु इस्लामिक देशहरूको कर्तव्य पनि भएको बताउनुभएको थियो ।

उहाँले अफगानिस्तानमाथि लगाइएका विभिन्न खालका प्रतिबन्ध तथा नाकाबन्दीहरूलाई हटाउन र यहाँका नागरिकलाई परेको आवश्यकताको खाँचो पूरा गर्न सबै इस्लामिक देशहरू लाग्नका लागि पनि आग्रह गर्नुभएको थियो ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button