तुर्माखाँद २ मा स्वास्थ्य चौकी भवन बन्दै
अछाम । अछामको तुर्माखाँद गाउँपालिका वडा नं. २ भैरव स्थानमा स्वास्थ्य चौकीको भवन बन्ने भएको छ । १ करोड २० लाखको लागतमा बन्ने भवनको आज शिलान्यास गरिएको हो ।

पालिकाको आफ्नै लगानीमा भैरव स्थानमा भवन निर्माण हुन लागेको अध्यक्ष पुष्पराज शर्माले बताउनुभयो । भवनको शिलान्यास गर्दै अध्यक्ष शर्माले सबै वडामा सहज स्वास्थ्यका लागि भवन बनाउन लागिएको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अमृता बुढा, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बुढा, वडाध्यक्षहरू तथा रहफ र भैरव स्थान गाविसका तत्कालीन अध्यक्षहरू लगायत उपस्थित हुनुहुन्थ्यो ।
पालिकाका सबै वडामा स्वास्थ्यको मापदण्ड अनुसार स्वास्थ्य चौकीका भवन निर्माण हुने भएका छन् । पालिकाका अनुसार वडा नं. १, २, ७ र ८ मा भवन निर्माण भइसकेका छन् भने ४ नम्बर वडाको भवन अन्तिम चरणमा रहेको छ । ३ नम्बरमा आज शिलान्यास भयो भने ५ र ६ नम्बर वडाको भवन निर्माण प्रक्रिया सुरु हुने अध्यक्ष शर्माले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्