तपाईँ सुन्दै हुनुहुन्छः

विराट राजवंशी महोत्सव सुरु 

विराटनगर ।  भाषा, कला, संस्कृति संरक्षण गर्दै स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले  विराटनगरमा आजदेखि  ‘विराट राजवंशी महोत्सव–२०७८ सुरु भएको छ 

विराट राजवंशी प्रगतिशील विकास समितिको आयोजनामा  विराटनगर– ५ स्थित कोचाखालमा महोत्सव सुरु भएको हो । 

महोत्सवको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले उद्घाटन गर्नुभयो । सो अवसरका बोल्नुहुँदै मेयर पराजुलीले राजवंशी समुदायको आफ्नो छुटै पहिचान रहेकाले  आफ्नो भाषा, कला, संस्कृति संरक्षणमा यस्ता महोत्सव उपयोगी हुने बताउनुभयो । उहाँले महोत्सवलाई सफल बनाउन महानगरबाट  सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

आजदेखि सुरु भएको सो महोत्सवमा चैत १५ गतेसम्म सञ्चालन हुनेछ  आदिवासी समुदायको रुपमा राजवंशीको संस्कृति पश्चिमाका कारण अतिक्रमण पर्दै गएकोले त्यसको  संरक्षण र उत्थानका लागि महोत्सव आयोजना गरिएको समितिका अध्यक्ष किरण राजवंशीले बताउनुभयो ।  

महोत्सवमा राजवंशी समुदायका मौलिक खानपान, पहिरनलगायत बालबालिका तथा युवाहरूको मनोरञ्जनका लागि झुला, रोटे पिङ  सांस्कृतिक कार्यक्रमसहित विभिन्न प्रदर्शनीका ६० वटा स्टल राखिएका छन् ।  

महोत्सवमा चर्चित गायक सुगम पोखरेल, शिव परियार इन्दिरा जोशी, प्रमोद खरेल, ज्योति मगर, मेलिना राई, प्रिती आले, प्रकाश सपुत, अनु चौधरी प्रवलदिप विश्वास र लक्ष्मण राजवंशीले आफ्ना गीत तथा नृत्य प्रस्तुत गर्नु हुने जनाइएको छ । 

नेपाल तथा  भारतीय सीमावर्ती क्षेत्रका गरी ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने र महोत्सवमा ५० लाखभन्दा बढीको  कारोबार हुने  आयोजकले जनाएको छ ।

महोत्सव सम्पन्न गर्नका लागि रु ३० लाख खर्च लाग्ने र उक्त रकम  समुदायका सङ्कलन गरिएको जनाइएको छ । 

दुई वर्षदेखि कोरोनाका कारण आम मानिसमा पुर्‍याएको पिडालाई कम गर्न महोत्सव उपयोगी हुने समितिका अध्यक्ष किरण राजवंशीले बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button