तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा फरक फरक स्थानमा दुई जनाको शव फेला

पाल्पा । जिल्लाको फरक फरक दुई स्थानमा एक पुरुष र एक जना महिलाको शव फेला परेको छ ।  

केही दिनदेखि हराएका स्याङ्जा जिल्ला गल्याङ् नगरपालिका–१, का ६० वर्षमा मानबहादुर विकको शव रामपुर–८, स्थित कालीगण्डकी नदी किनारमा भेटिएको छ । 

उनी केही दिनअघि पाल्पा रम्भास्थित दाजुको घरमा आएर फर्किएका विकको शव नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ । 

त्यस्तै रामपुर नगरपालिका १० गोकर्नेकी ३६ बर्षीया हिरादेवी न्यौपाने आफ्नो घरदेखि एक सय मिटर पश्चिमको रुखमा झण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

दुवै घटनाको सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button