तपाईँ सुन्दै हुनुहुन्छः

थप ५१ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ । थप ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ९१४ जनाको कोरोना परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ९९६ रहेको छ । पछिल्लो समय ३९२ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६२ हजार १७३ पुगेको छ । निको हुने दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button