तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीको दुर्गम गाउँ धौलेमा एक घर, एक धारा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ धौले पैंयु खर्कमा एक घर एक धारा निमार्ण गरी आज हस्तान्तरण गरिएको छ ।

मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याल, उपप्रमुख भगवती नेपाल, वडा अध्यक्ष रुद्र दुलाल, सेवक नेपालका अध्यक्ष रेमन्त नाथले आज खानेपानीको उद्घाटन गर्नुभयो । मेलम्ची नगरपालिका र सेवक नेपालको साझेदारीमा गाउँमा २६ वटा धारा निमार्ण गरी स्वच्छ पानी आउन थालेको छ ।

मेलम्ची नगरपालिकाको १३ लाख, सेवक नेपालको १० लाख १० हजार १९ र जनश्रमदान ४ लाख ६७ हजार ३१४ रुपियाँ लागतमा धारा निमार्ण भएको सेवक नेपालका कुमार भट्टराईले जानकारी दिनुभयो ।

धारा निमार्ण भई पानी आएपछि गाउँलेको दैनिकीमा सहज भएको उपभोक्ता समितिका अध्यक्ष लीलाबहादुर थापाले बताउनुभयो । उक्त बस्तीमा दलित, जनजाति, विपन्न बसोबास छ । घरमा नै धारा भएपछि घर गृहस्थीका काम सकेर अरू पेशा व्यवसाय गर्न समय मिलेकोमा बिन्दा विकले खुसी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button