धार्मिक सद्भाव कायम गरेर होली पर्व मनाउन आग्रह नगर प्रमुखको आग्रह

सुनसरी । सुनसरीको दुहबी नगरपालिका नगर प्रमुख प्रमुख बेदनारायण गच्छदारले धार्मिक सद्भाव कायम गरेर होली पर्व मनाउन आग्रह गरेका छन् ।
होली पर्व २०७८ सालको सुखद अवसरमा सम्पुर्ण नगरपालिकावासी तथा देश विदेशमा रहेको दाजुभाइ तथा दिदी बहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै, होलीको अवसरमा सरकारले चैत्र ४ गते तराईमा सार्वजनिक बिदा दिएको हुँदा यस पर्वलाई शान्तिपूर्ण तरिकाले हर्षोल्लासका साथ मनाउन सम्पूर्ण नगरवासीमा हार्दिक आव्हान गरेका छन् ।
नगरप्रमुख गच्छदारले आज बिहीबार शुभकामना दिँदै होलीले समाजमा नयाँ जागरण, उत्साह थपियोस् समाजमा धार्मिक सद्भाव,सामाजिक एकता र समाजमा रहेका विकृति हटाऊ र होली पर्वको शुभकामना दिँदै भाइचाराको पर्व होलीको नाममा हुने विकृतिलाई हटाउनुपर्ने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्