तपाईँ सुन्दै हुनुहुन्छः

माहुरीको टोकाइबाट १६ पर्यटक घाइते

चितवन। माहुरीको टोकाईबाट १६ पर्यटक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सौराहास्थित हात्तीसार भ्रमणमा रहेका सिन्धुलीबाट आएका आन्तरिक पर्यटकलाई जङ्गली खाग माहुरीले टोकेको हो ।

कार्यालयका अनुसार उनीहरूलाई रत्ननगर नगरपालिका–६ स्थित हात्तीसारमा माहुरीले टोकेको हो । घाइते सबैको बकुलर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button