जनयुद्धका सहिद परिवारलाई सम्मानसहित एक लाखको चेक प्रदान
बारा । मधेस प्रदेश सरकारले जनयुद्धका सहिदका परिवारजनका सदस्यहरूलाई सम्मानसहित रु एक लाखको चेक प्रदान गरेको छ ।
बाराको सिमरामा मधेस प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय मधेसी सहिद प्रतिष्ठानले बाराका ६० जना सहिदहरूका परिवारलाई सम्मान गरेको हो ।

सङ्घीय सरकारका पूर्व मन्त्री मातृका प्रसाद यादव र प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले दोसल्ला र प्रशंसा पत्रले सम्मान गर्दै जनही सहिदका परिवारहरूलाई रु १ लाखको चेक हस्तान्तरण गर्नुभएको थियो ।
अहिलेका सम्पुर्ण उपलब्धिहरू जनयुद्धका सहिदहरूकै देन भएकाले सहिदका परिवारजनहरूले गर्व गर्नुपर्ने पूर्व मन्त्री यादवले बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य गोपाल ठाकुर, जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य क्षेत्र बहादुर श्रेष्ठ अनिल, संविधान सभा सदस्य जयराम दाहाल, केन्द्रिय सदस्य उद्धव पोख्रेल, प्रदेश सदस्य राजन पौडेल, गीता कँडेल लगायतको सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्