तपाईँ सुन्दै हुनुहुन्छः

महेन्द्रनगर विकास लिज प्रकरण: २ सय जनामाथि मुद्दा दर्ताको तयारी

कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको तत्कालीन कञ्चनपुरको महेन्द्रनगर नगर विकास समितिको जग्गा अनियमितता प्रकरणमा दुई सय जनामाथि विशेष अदालतमा मुद्दा दर्ताको तयारी गरेको छ ।

महेन्द्रनगर बजारको गुरुयोजना समेत मिचेर समितिका पदाधिकारीले तोक आदेशका भरमा र प्रक्रिया नै पूरा नगरी जग्गा बिक्री, वितरण र लिजमा दिएको उजुरीपछि आयोगको टोलीले अनुसन्धान थालेको थियो ।

अख्तियार स्रोतका अनुसार अबको केही दिनमै २ सय जनामाथि विशेष अदालतमा मुद्दा दर्ताको तयारी भइरहेको छ । महेन्द्रनगर नगर विकास जग्गा प्रकरण अहिले सम्मकै ठुलो मुद्दा हो ।

अख्तियारले जमिन लिजमा लिने र खरिद गर्नेदेखि समितिका तत्कालीन पदाधिकारी र कर्मचारीहरू सहित २ सय भन्दा बढीको बयान लिएको तियो । स्थापनाका बेला ६३८ बिघा जमिन रहेको समितिसँग अहिले ६६ बिघा मात्रै बाकी छ ।

अनुसन्धान टोलीले अहिले पनि अनुसन्धान गरिरहेको छ । ६ सय ३८ बिघा जग्गा रहेको सो समितिलाई हाल भीमदत्त नगरपालिकाको मातहत ल्याइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button