तपाईँ सुन्दै हुनुहुन्छः

साउदी राजकुमार नेपालको औपचारिक भ्रमणमा

काठमाडौँ । साउदी अरबका राजकुमार तथा विदेश मन्त्री फैसल बिन फहरान अल साउद नेपालको औपचारिक भ्रमणमा आउनुभएको छ ।

दुई दिने भ्रमणका लागि राजकुमार साउद अहिले साँझ काठमाडौँ आइपुग्नुभएको हो ।

उहाँलाई नेपाल सरकारका परराष्ट्र सचिव भरतराज पौडेलसहित उच्च स्तरीय सरकारी कर्मचारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।

भ्रमणका क्रममा राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्री डा. नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग भोलि भेटवार्ता गर्ने तथा राजकुमार प्रतिनिधिमण्डलको सम्मानमा दिवा भोज आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button