तपाईँ सुन्दै हुनुहुन्छः

जनताको भावना बुझेर काँग्रेसले गठबन्धनबारे निर्णय लिन्छ : नेता सिंह

file photo

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताको भावना बुझेर काँग्रेसले गठबन्धनबारे निर्णय लिने बताउनुभएको छ । नेपाली काँग्रेसले सुरु गरेको ‘घरघर जाऊँ, कांग्रेस जिताऊँ’ एक महिने कार्यक्रमअन्तर्गत आज मीनभवनमा आयोजित कार्यक्रममा उहाँले जनताको राय र सुझावका आधारमा निर्वाचनमा गठबन्धन गर्ने नगर्नेबारे पार्टीले निर्णय लिने बताउनुभएको हो ।

“कांग्रेस एक महिने अभियान लिएर जनताको घरदैलोमा गएको छ, जनता र पार्टीका कार्यकर्ताले दिएको राय, सुझावलाई लिएर काँग्रेसले स्थानीय तहको निर्वाचनमा अरू पार्टीसँग गठबन्धन गर्ने वा नगर्नेबारे निर्णय लिन्छ”, उहाँले भन्नुभयो ।

नेता सिंहले अहिलेको गठबन्धनको निर्माण काँग्रेसको रहर नभई बाध्यता भएको भन्दै संविधानलाई सही दिशामा लैजानका लागि सरकारले काम गर्ने बताउनुभयो । आम नागरिकले सहज रूपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन परेको उहाँको भनाइ थियो । पार्टीका पूर्वमहामन्त्री सिंहले अमेरिकी सहयोग सम्झौता (एमसिसी)का बारेमा विभिन्न राजनीतिक दलले जनतामा भ्रम छर्ने काम गरेको भन्दै एमसीसीका बारेमा जनतालाई बुझाउनु जरुरी रहेको उल्लेख गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button