तपाईँ सुन्दै हुनुहुन्छः

पशुपालक कृषकहरू कृषियन्त्र पाएपछि उत्साहित

सुनसरी । सुनसरीको दुहबी नगरपालिकाको मोटरसहितको  च्यापकटर (कुटि काट्ने मेशिन) उपलब्ध गराएपछि कृषकहरू उत्साहित भएका छन् ।

नगर परिसरमा दुहबी नगर प्रमुख बेद गच्छदारले आज विभिन्न वडाका १० जना पशुपालक  कृषकहरूलाई उक्त मेशिन हस्तान्तरण गर्नुभयो । 

दुहबी नगरपालिकाको पशु सेवा शाखाको  आर्थिक बर्ष २०७८/७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मोटर सहितको च्यापकटर (कुटि काट्ने मेशिन) वितरण गरिएको हो । 

प्रतिगोटा ४० हजार माथि पर्ने रु ४ लाख बराबरको  उक्त मेशिन हस्तान्तरण गर्दै गच्छदारले  पशुपालक  कृषकहरूलाई मेशिनको सदुपयोग गर्दै  पशु प्रवर्धनमा दुहबी लाई आत्मनिर्भर गराउन कृषकहरूको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरेका थिए । 

दुहबी नगरपालिकाले दुहबीलाई पशु प्रवर्धनमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम र अनुदानमा विभिन्न कृषि सम्बन्धी सामाग्री वितरण गर्दै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button