तपाईँ सुन्दै हुनुहुन्छः

मोरङमा काँग्रेसको चुनावी अभियान सुरु

मोरङ । नेपाली काँग्रेसको ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिने अभियान मोरङमा विराटनगर–८ स्थित भगवतीथानबाट सुरु भएको छ ।

सो अभियानका मोरङ संयोजक पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी र अर्का सदस्य डा डिला सङ्ग्रौलाले  आइतबार यहाँ आयोजित कार्यक्रममा अभियान अन्तर्गत जनताको शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षाका  सम्बन्धमा सुझाव सङ्कलन गरी समाधानको पहल गर्ने बताउनुभयो ।

उहाँहरूले जनतालाई लोकतन्त्र, संविधानको रक्षा, मुलुकको समृद्धि र जनताको जीवनस्तर उकास्न पार्टी वर्तमान सरकारमा गएको जानकारी गराइने बताउनुभयो ।

उहाँहरूले स्थानीय तह एवं टोल टोलबाट आएको सुझावका आधारमा स्थानीय निर्वाचनमा गठबन्धन सम्बन्धमा निर्णय गरिनेसमेत बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button