तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल बोटल वाटर उद्योग सङ्घका अध्यक्षमा गौतम

काठमाडौँ।पानी व्यवयासीको छाता सङ्गठन नेपाल बोटल वाटर उद्योग सङ्घको अध्यक्षमा ध्रुवबहादुर गौतम निर्वाचित हुनुभएको छ ।

सङ्घको हालै सम्पन्न छैटौँ अधिवेशनमा उहाँका अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा विक्रम लिम्बू चेम्जोङ, उपाध्यक्षमा किशोर थापा, सुदीप श्रेष्ठ, लिला भण्डारी र विशाल श्रेष्ठ, महासचिवमा गोकुल थापा निर्वाचित हुनुभएको छ ।

यस्तै कोषाध्यक्षमा कमलप्रसाद अधिकारी, सह कोषाध्यक्षमा मेरिना कायस्थ विजयी हुनुभएको हो । सातै प्रदेशका सचिव र सदस्य भने पछि छनोट गरिने अध्यक्ष गौतमले जानकारी दिनुभयो । हाल देशभर सङ्घमा ५८६ उद्योग आबद्ध छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button