जनकपुरधाम उपमहानगरपालिकाद्वारा साढे चार करोडको लागतमा शालिक निर्माण

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले मुजेलियामा जनकपुर ढल्केवर ६ लेन सडक आयोजना अन्तर्गत निर्माण गरेको शहिदद्वारको आज उद्घाटन गरिने भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको करिब साढे चार करोडको लागतमा शहिदद्वारको निर्माण सम्पन्न भएको जनकपुरधाम उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर वीरेन्द्र यादवले जानकारी दिनु भयो ।
शहिदद्वारको निर्माण धनुषा आकारको रहेको छ । धनुषको माथिको भागमा भगवान् श्रीरामले धनुषमा प्रत्यञ्चा चढाएको आकर्षक मूर्ति राखिएको छ भने मधेश आन्दोलनको क्रममा शहादत दिएका तीन जना सहिदहरू नितु यादव, सञ्जय चौधरी र दिलीप यादवको अर्ध कदको शालिक राखिएको छ ।
यसै गरी मधेश आन्दोलनको क्रममा शहादत दिएका सबै मधेशी शहीदहरूको नाउँ शिलापत्रमा राखिएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जानकारी दिनु भएको छ । मधेश आन्दोलनको क्रममा जनकपुरधाममा शहादत दिएका तीनै जनको सामूहिक दाहसंस्कार सोही ठाउँमा गरिएको थियो ।
यसैगरि सबै मधेशी शहीदहरूको नाउँ शिलापत्रमा उल्लेख गरेर राख्ने काम भएको छ । निक्कै भव्य शहिदद्वारको निर्माण भएको छ । जनकपुरधामको गरिमालाई झल्काउने किसिमले धनुष आकारको शालीन रहेको छ ।
शहिदद्वारको निर्माण भएको अवसर पारेर सो ठाउँमा आज साँझ धार्मिक अनुष्ठानको आयोजना गरिएको छ । जनकपुरधामको जनक चौक र रामचौकको बीचमा निर्माण भएको ध्वजाको पनि शुभारम्भ तथा दुवै ठाउँमा धार्मिक अनुष्ठानको पनि आयोजना गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्