तपाईँ सुन्दै हुनुहुन्छः

सङ्खुवासभामा बस दुर्घटना : घटनास्थलमै ७ जनाको मृत्यु

file photo

काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिका स्थित रामदेवी भन्ने ठाउँमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । 

प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका अनुसार मादी नगरपालिकाबाट धरान जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै ७ जनाको मृत्यु भएको हो । 

बस सडकबाट ३ सय मिटर तल खोलामा खसेको स्थानीयवासीहरुले बताएका छन् । बसमा कति जना थिए अहिलेसम्म खुलिसकेको छैन ।  घाइतेको उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button