कञ्चनपुरको हुलाकी सडक खण्ड निर्माणमा ढिलाइ

कञ्चनपुर । कञ्चनपुरको हुलाकी सडक खण्ड निर्माणमा ढिलाइ भएको छ। ६२ किलोमिटर सडक निर्माणका लागि सम्झौता भएको पाँच वर्षसम्म बितिसके पनि काम अधुरै रहेको हो। तीन प्याकेजमा ६२ किलोमिटर सडक निर्माणको लागि २०७३ फागुनमा सम्झौता भएको थियो। पाँच वर्षमा सडकको भौतिक प्रगति ७५ प्रतिशत मात्र छ।
तीन ठेक्कामा एउटा खण्डको माघमा समय सकिएको छ। माघमा अवधि सकिएको उक्त खण्डको भौतिक प्रगति सबै भन्दा कम छ। उक्त क्षेत्रको भौतिक प्रगति ७० प्रतिशत मात्र रहेको योजना कार्यालयले बताएको छ। अन्य दुई खण्डको चैतसम्म सडक निर्माणको समय छ।
तर चैतसम्म पनि तीनै खण्डको सडक निर्माणको काम पूरा नहुने निश्चित भएको छ। ‘एक खण्डको माघसम्म समय थियो,’ हुलाकी सडक योजना कार्यालय धनगढीका सूचना अधिकारी पदमबहादुर मडैले भन्नुभयो, ‘पहिलो र तेस्रो खण्डको चैतसम्म समय छ। तर काम सकिँदैन होला। वैशाखमा कालोपत्रेका लागि तयारी हुँदैछ।’ राष्ट्रिय गौरवको सडक आयोजनामा निर्माण कम्पनीले बेवास्ता गर्दै आइरहेका हुन् ।







प्रतिक्रिया राख्नुहोस्