तपाईँ सुन्दै हुनुहुन्छः

वर्माको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौँ।राष्ट्रपति विद्यादेवी भण्डारीले वामपन्थी नेता कृष्णराज वर्माको निधनबाट आफू मर्माहत भएको बताउँदै दिवङ्गत नेताप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । साथै उहाँले शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

“वरिष्ठ वामपन्थी नेता एवं किसान आन्दोलनका अगुवा कृष्णराज वर्माको निधनको खबरले म दुःखी भएको छु । दिवङ्गत नेता वर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु । नेपालको राजनीतिक आन्दोलनको इतिहासमा उहाँको योगदान चिरस्मरणीय रहनेछ”, राष्ट्रपतिले ट्वीट गर्दै भन्नुभएको छ । 

वरिष्ठ वामपन्थी नेता वर्माको ९३ वर्षको उमेरमा आइतबार अपराह्न निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button