बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
पाल्पा । पाल्पाको तानसेन नगरपालिका ८, भालेबाँसमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
ठक्करबाट माथागढी गाउँपालिका २, खहरेका २७ वर्षीय ऋषिकेश सारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
आज दिउँसो करिब १ बजे बुटवलबाट पाल्पातर्फ आइरहेको लु २ ख ८३५ नम्बरको बसले पाल्पाबाट बुटवलतर्फ गइरहेको लु ७७ प २२०२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका सारूको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज तानसेनमा मृत्यु भएको हो ।
ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्