तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाको आइतबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक

काठमाडौँ  ।  प्रतिनिधिसभा बैठक भोलि (आइतबार) बस्दै छ । 

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०० बजे बस्ने बैठकका लागि सङ्घीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले “अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एकतिसौं वार्षिक प्रतिवेदन, आ.व. २०७७/०७८” पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाको बैठकअघि बिहान ११ः३० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button