तपाईँ सुन्दै हुनुहुन्छः

जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा ३ जना पक्राउ

कास्की । कास्की प्रहरीले पोखरामा महिलाहरूलाई जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

पोखराका विभिन्न होटेलमा तथा कोठा भाडामा लिएर महिलाहरूलाई जबरजस्ती वेश्यावृत्ति कार्यमा संलग्न गराएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा पोखरा ७ मुस्ताङ चोक घर भई रातो पहिरा बस्ने वर्ष ३० वर्षीय नारायण पोखरेल, सिन्धुपाल्चोक ६ ठूलीधारा घर भई पोखरा ६ जरेबर बस्ने २२ वर्षीया पूजा थापा मगर र बाँके चिसापानी ९ घर भई जरेबर बस्ने २२ वर्षीय विशाल योगी रहेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

उनीहरूलाई मानव बेचबिखन तथा ओसार पसार मुद्दामा ८ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button