तपाईँ सुन्दै हुनुहुन्छः

प्रत्यायोजित व्यवस्थापन समितिका सभापतिसहित छ जनाको बिदाइ

काठमाडौँ । राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारी र पाँच सदस्य आफ्नो चार वर्षे कार्यकाल पूरा गरी बिदाइ हुनुभएको छ ।

समिति सचिवालयले आजको बैठकपछि उहाँहरूलाई सम्मान पत्र प्रदान गरी दोसल्ला ओढाएर बिदाइ गरेको हो । 

चार वर्षे कार्यकाल पूरा गर्नेमा शान्ति अधिकारी, शेरबहादुर कुँवर, अगमप्रसाद वान्तवा, नैनकला ओझा र राधेश्याम अधिकारी हुनुहुन्छ । 

यसअघि बैठकमा उहाँहरूले प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन कार्यान्वयनका सन्दर्भमा समितिको प्रयास गौरव गर्न लायक रहेको दाबी गर्नुभयो । 

प्रत्यायोजित विधायन अर्थात् सहायक कानुन निर्माणका सन्दर्भमा अपनाउनुपर्ने सजगता तथा त्यस्ता कानुन कार्यान्वयन गर्न पूर्व अनिवार्य रूपमा संसद्लाई जानकारी गराउन पर्नेसहितको प्रावधान राखेर ऐनको मस्यौदालाई अन्तिम रूप दिन सफल भएको विषयलाई उहाँहरूले उपलब्धिका रूपमा लिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button