नेपालमा ७ हजार २ सय ४२ जना कोरोनाका सक्रिय संक्रमित
काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमणका सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार २ सय ४२ मा झरेको छ ।
गत हप्ता फागुन १३ गते ९ हजार २ सय ८० सक्रिय संक्रमित भएकोमा घटेर आज ७ हजार २ सय ४२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी काठमाडौँ उपत्यकामा १ हजार ९ सय ६५ सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् ।
जसमा काठमाडौँमा ८ सय १८, भक्तपुरमा ८८ र ललितपुरमा १ हजार ५९ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेका छन् ।
आज थप १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । ८ हजार ९ सय ३३ नमुनाको परिक्षण गर्दा १ सय १६ मा संक्रमण पुष्टि भएको हो ।
गएको २४ घण्टामा ३ सय ८५ सङ्क्रमणमुक्त भएका छन् ।
आज थप १ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्