तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको एक गौशालामा आगलागी हुँदा लाखौँको क्षति

सप्तरी । सप्तरीको एक गौशालामा गए राति आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

जिल्लाको रुपनी गाउँपालिका वडा नम्बर १ स्थित पण्डित राम कुमार शास्त्रीको गौ सेवा आश्रम शास्त्रीनगरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

कोही नभएको बेला अचानक गौशालामा आगलागी हुँदा गौशालाको एउटा भवन पूर्ण रुपमा जलेर क्षति भएको तथा कुनै किसिमको मानवीय तथा पशु चौपायामा कुनै क्षति नभएको पण्डित शास्त्रीले जानकारी दिनुभयो । आगलागीबाट १० लाख भन्दा बढीको क्षति भएको जनाइएको छ ।

शास्त्री आफु धार्मिक कार्यक्रममा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका स्थित इनर्वामा रहेको बेला मौका छोपी आगजनी गरेको हुन सक्ने बताउनुभयो ।

उक्त गौशालामा झन्डै एक दर्जन गाई पालन गरिएको छ ।

यता आगलागी कसले र किन गरेको खुल्न नसकेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button