तपाईँ सुन्दै हुनुहुन्छः

युक्रेनमाथिको हमला योजना अनुसार नै : रुसी राष्ट्रपति पुटिन

मस्को।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरूप नै भएको बिहीबार बताउनुभएको छ । उहाँले भन्नुभएको छ– युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको तयारी हामीले गरेका थियौँ ।

रसियाको सुरक्षा परिषद्को एक बैठकमा उहाँले बिहीबार सो धारणा राख्नुभएको हो । उहाँले हामीले तोकिएको काम गरेका छौँ र त्यो राम्रोसँग अर्थात् सफलतापूर्वक सम्पन्न पनि गरेका छौँ– उहाँले भन्नुभएको छ । उहाँले रुसले युक्रेनमाथि गरेको हमलामा रुसी सेनाले साहसपूर्वक काम गरेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो– रुसी सेनाले ठूलो काम गरेको छ, निकै साहसी काम गरेको छ, हामी त्यसैले सफल भएका छौँ ।रुसको सीमा क्षेत्रमा पश्चिमाहरूबाट खतरा देखिएको तथा रुसलाई पनि आणविक खतरा देखाइएको भन्दै यसका कारण रुसले युक्रेनमा विशेष सैन्य कारबाही गरेको उहाँले बताउनुभयो ।

रुसले गत हप्तादेखि नै युक्रेनमा हमला जारी राखेको छ । बिहीबार रातिसम्म पनि राजधानी युक्रेन र अन्य कतिपय सहरहरुमा रुसी सेनाले हमला जारी नै राखेको बताइएको छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button