आईसीसी विश्वकप लिग–२ का लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघले यूएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ का लागि १६ सदस्यीय टोलीको घोषणा गरेको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ का नेपालका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पहिलो चरणमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए ।
कप्तान सन्दीप लामिछाने नेतृत्वमाको टोलिमा ज्ञानेन्द्र माल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कमलसिंह ऐरी, विवेककुमार यादव, सागर ढकाल, पवन सरराफ, करण केसी, विनोद भन्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, बिक्रम सोब, भीम सार्की रहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्