तपाईँ सुन्दै हुनुहुन्छः

ललितपुर मेयर महिला टी–ट्वान्टीको उपाधि एपीएफलाई

काठमाडौँ । डिफेन्डिङ च्याम्पियन नेपाल एपीएफ क्लबले ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ ।

सोमबार टियु क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपीएफले लगातार दोस्रो पटक उपाधि जितेको हो । यस अघिको संस्करणमा पनि एपीएफले सुदूरपश्चिमलाई नै पराजित गर्दै उपाधि जितेको थियो ।

सोमबारको खेलमा १ सय १४ रनको लक्ष्य एपीएफले १५ दशमलव ५ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्‍यो ।

यस अघि टस जितेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय १३ रन जोड्न सक्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button