तपाईँ सुन्दै हुनुहुन्छः

वन विज्ञान अध्ययनका लागि १९० सिटको प्रवेश परीक्षा सम्पन्न

मकवानपुर । कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत वन विज्ञान सङ्कायमा ४ वर्षे स्नातक तह अध्ययनका लागि विद्यार्थीले शनिबार हेटौँडामा प्रवेश परीक्षा दिएका छन् ।

वन विज्ञान सङ्काय डीनको कार्यालयले कुल १९० सिटका लागि प्रवेश परीक्षा लिएको हो ।

हेटौँडास्थित केन्द्रीय क्याम्पस, उदयपुरको कटारीस्थित आङ्गिक क्याम्पस र नवलपुर जिल्लास्थित सिद्धान्त कलेजमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको वन सङ्कायअन्तर्गत ४ वर्षे स्नातक तहमा वन विज्ञान विषय अध्यापन हुन्छ ।

हेटौँडास्थित वन विज्ञान क्याम्पसमा ९० जना, कटारी र सिद्धान्त कलेजमा ५०/५० गरी कुल १९० जना विद्यार्थीले स्नातक तह अध्ययनका लागि प्रवेश परीक्षा दिएका हुन् ।

प्रवेश परीक्षामा सहभागी हुन कुल ८५१ जना विद्यार्थीले आवेदन दिएका मध्ये ३३ जना विद्यार्थी अनुपस्थित भएका छन् । प्रवेश परीक्षाको नतिजा आजै सार्वजनिक गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button