चिनियाँ विद्यार्थीलाई अमेरिकामा दुर्व्यवहार नगर्न चीनको आग्रह
बेइजिङ । चीनले संयुक्त राज्य अमेरिकामा रहेका आफ्ना विद्यार्थीहरूलाई दुर्व्यवहार नगर्न अमेरिकालाई आग्रह गरेको छ ।
अमेरिकामा रहेका चिनियाँ विद्यार्थीहरूलाई अनेक बहानामा दुःख दिने गरेको, झमेलामा पार्ने गरेको, देश निकाला गर्ने गरेको चीनको भनाई छ ।
त्यसैगरी, चिनियाँ विद्यार्थीलाई चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य रहेको वा नरहेको बारेमा निरन्तर प्रश्न गर्ने गरिएको पनि चीनले आरोप लगाएको छ । कुनै पार्टीमा आबद्ध हुनु वा नहुनु उनीहरूको स्वतन्त्रताको विषय भए पनि अमेरिकाले त्यसमा संलग्न नहुन अप्रत्यक्ष रुपमा दबाब दिएको उनीहरूको भनाई छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता हउ चुनीङले अमेरिकाको व्यवहारप्रति कडा रुपमा असन्तुष्टि जनाउनुभयो । अमेरिकामा अन्य देशका विद्यार्थी र चिनियाँ विद्यार्थीका बीचमा विभेद भएको पनि उहाँले उल्लेख गर्नुभयो ।
अमेरिकाको यस्तो प्रकारको व्यवहारलाई आफूहरूले गम्भीरता पूर्वक लिएको र आगामी दिनमा यस्तो नगर्न आग्रह गरिएको परराष्ट्र मन्त्रालयको भनाई छ ।रासस/सिन्ह्वा







प्रतिक्रिया राख्नुहोस्