मकवानपुरगढीमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ शिखरकटेरीमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
कान्तिलोकपथ सडक अन्तर्गत शिखरकटेरीमा ट्याक्टरबाट लडेर स्थानीय २१ वर्षीय शुशिल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गएराती शिखरकटेरीमा अनटेष्ट ट्याक्टरबाट लडेर मकवानपुरगढी–२ कै २१ वर्षीय विकको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । बिक सवार ट्याक्टरबाट खस्दा सोही ट्याक्टरले किचेको र घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएपनि चालक भने फरार रहेको र खोजी कार्य भइरहेको जनाइएको छ । यसैबीच स्थानीय बासिन्दाहरूले घटनाको विरोधमा अहिले लोकपथ अवरुद्ध गरेका छन् । सम्भावित घटनालाई मध्यनजर गरेर घटनास्थलमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्