तपाईँ सुन्दै हुनुहुन्छः

एमाले संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आज संसदीय बैठक बस्दै छ ।

बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा स्थानीय तहको निर्वाचन, बदलिँदो राजनीतिक अवस्था र पार्टीले बनाउने रणनीतिका बारेमा बैठकमा छलफल हुनेछ ।

हिजो साँझ बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले जबराविरूद्धको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button