तपाईँ सुन्दै हुनुहुन्छः

करोडौँ मूल्य बराबरको इँटा नष्ट

सर्लाही । सर्लाहीमा दुई दिनको निरन्तर वर्षाले ९३ वटा इँटा उद्योगमा करोडौँ मूल्य बराबरको इँटा नष्ट भएको छ ।

मैत्री हनुमान इँटा उद्योग हरिपुर ५ का सञ्चालक राजु साहका अनुसार महिनौँ लगाएर तयार गरिएको काँचो इँटा ४० लाख बराबरको क्षति भएको बताउनुभयो । पानीले इँटा उद्योगहरूमा चाङ लगाएर राखिएको काँचो इँटा भिजेर नष्ट भएको साहले बताउनुभयो ।

हरिपुर नगरपालिकास्थित लक्ष्मीपुरमा रहेको आफ्नो दुई वटा इँटा उद्योगमा गरी झन्डै डेढ करोड रुपियाँ बराबरको इँटा नष्ट भएको सर्लाही इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष मेथुर चौधरीले जानकारी दिनुभयो । उहाँले वर्षाका कारण अन्य इँटा उद्योगीको ५० देखि ७५ लाख रुपियाँसम्मको नोक्सान भएको बताउनुभयो ।

सर्लाहीमा ९३ वटा इँटा उद्योग रहेका छन् । वर्षाको पानीले प्रत्येक इँटा उद्योगमा तयार पार्दै गरेको काँचो इँटा नष्ट भएपछि जिल्लामा अब केही समय निर्माणका कार्यहरू प्रभावित हुने देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button